बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

रासस

सारांश
- बुल्गेरियाको तटनजिकै भएको ड्रोन आक्रमणमा परेर दुईवटा व्यापारिक जहाजमध्ये कम्तीमा एउटा जहाज डुबेको छ।
- आक्रमणमा परेका जहाजहरूबाट युक्रेन र अजरबैजानका नागरिकसहित चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ।
- बुल्गेरियाली प्रधानमन्त्रीले जलक्षेत्र नजिकैका आक्रमण अस्वीकार्य रहेको बताउँदै यस विषयमा नाटोसँग छलफल गर्ने जानकारी दिएका छन्।
सोफिया । बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ ।
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार, एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो ।
‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झण्डामा सञ्चालन भइरहेको थियो । युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिए । जहाजका चालक दलका सदस्यहरूका अनुसार, तीनवटा हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए ।
जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका सबैलाई भर्ना बन्दरगाहमा पुर्याइएको थियो । उनीहरूमध्ये पाँचजनाले स्वास्थ्य उपचारसमेत प्राप्त गरेका छन् ।
यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको जानकारी अधिकारीहरूले प्राप्त गरेका थिए । उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।
बुल्गेरियाको तटनजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा, बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा, अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो ।
प्रधानमन्त्री रादेवले बुल्गेरियाको प्रादेशिक जलक्षेत्रको नजिकै व्यापारिक जहाजमाथि बारम्बार आक्रमण हुनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताए ।
उनका अनुसार, घटनाबारे उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघ (ईयू)का लागि बुल्गेरियाका स्थायी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ । साथै, उनले नाटोका महासचिव मार्क रुटेसँग पनि यस विषयमा छलफल गर्ने बताएका छन् ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















