सप्तरी र सिरहाबाट ७० हजार बराबरको पटका बरामद

राम नारायण

सारांश
- सप्तरीको राजविराजबाट प्रहरीले २० हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटका बरामद गरेको छ।
- विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न किसिमका ४४ प्याकेट १० पिस पटका फेला पारेको हो।
- यसैबीच सिरहाको सुखिपुरबाट पनि भारततर्फबाट मोटरसाइकलमा ल्याउँदै गरेको करिब ५० हजार मूल्य बराबरको नागिन पटका बरामद गरिएको छ।
जनकपुरधाम । सप्तरीबाट प्रहरीले २० हजार बराबरको पटका बरामद गरेको छ । राजविराज नगरपालिका वडा नम्बर ७ भुतनाथ मन्दिर छेउबाट पटका बरामद गरिएको हो ।
पटक लुकाई राखेको सूचनाको आधार खानतलासी गर्दा प्रतिबन्धित पटका फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार स्पेनर ३ प्याकेट,कोराएर १२ प्याकेट,फूलझारी ठूलो १ प्याकेट,ड्रोन २ प्याकेट,सोर्वज ६ प्याकेट, ब्याक सेर्पेन्टर्स २ प्याकेट, रेड स्पाकेयस्र्स १५ प्याकेट,कुक्को २ प्याकेट,१५ सुट्स १० पीस गरि ४४ प्याकेट १० पिस बरामद गरिएको छ ।
बरामद पटका जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी आवश्यक कारबाही र अनुसन्धान भइरहेको सप्तरीका प्रहरीका प्रबक्ता हेमराज घिमिरेले जानकारी दिए । बरामद पटकाको मूल्य २० हजार बराबर रहेको अनुमान गरिएको छ ।

यस्तै सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर २ बाट ३५ बण्डल नागिन पटका बरामद गरेको छ । ईलाका प्रहरी कायाृलय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त मटका बरामद गरेको हो । मोटरसाइकलमा भारतबाट बोरामा नेपाल ल्याउँदै गर्दा प्रहरी टोलिलाई देखेपछि बारो बालेर तस्कर फरार भएको प्रहरीको भनाई छ ।
बरामद गभएको पटका ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालले जानकारी दिए ।

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय
अरुपनि पढ्नुहोस
सबै
रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
















