चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

अशोक यादव

सारांश
- भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–१ का गजेन्द्र यादव रहेका छन्।
- गजेन्द्रले सो मोटरसाइकल कटहरिया–३ का सुरज यादवले बेच्न दिएको खुलाएकाे भारतीय प्रहरीले जनाएको छ।
रौतहट, असोज २७ । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित नेपालका रौतहट जिल्लाका एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीको नियन्त्रणमा पर्ने युवक रौतहट जिल्लाको कटहरिया नगरपालिका–१ निवासी रामबाबु राय यादवका छोरा गजेन्द्र यादव रहेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार, पक्राउ परेका गजेन्द्र यादवले उक्त चोरीको मोटरसाइकल बेच्ने व्यक्तिका रूपमा कटहरिया नगरपालिका–३, बिर्ती पस्टोका निवासी सुरज यादवको नाम खुलाएको जनाइएको छ।
घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मोटरसाइकल कहाँबाट चोरी भएको हो र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय
अरुपनि पढ्नुहोस
सबै
रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
















