बुढीगण्डकी बाढी: ३२१ जनाको उद्धार, ६.१७ किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी

नवलपुर टुडे

सारांश
- बुढीगण्डकी नदीको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार हवाई तथा स्थल मार्गमार्फत कुल ३२१ जनाको उद्धार गरेको छ।
- सेनाले गोरखाका विभिन्न स्थानमा चारवटा हेलिकोप्टर परिचालन गरी ३०८ जना र स्थलमार्गबाट १३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
- बाढी प्रभावित क्षेत्रमा खाद्यान्नको अभाव हुन नदिन काठमाडौंबाट ६ हजार १७० किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ।
काठमाडौँ, असोज २६ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार ३२१ जनाको उद्धार गरेको छ । सेनाले हवाई तथा स्थल मार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि ६ हजार १७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरी बाढी प्रभावित गोरखाका विभिन्न स्थानबाट उद्धार कार्य सञ्चालन गरेको हो । सोमबार फिलिम, चुम्लिङ, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट हवाइ साधनमार्फत ३०८ जनाको उद्धार गरिएको छ ।
त्यस्तै, स्थल मार्गबाट थप १३ जनालाई सुरक्षित स्थानमा लगेको निर्देशनालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्रीको अभाव हुन नदिन सेनाले काठमाडौँबाट फिलिमसम्म ६ हजार १७० किलोग्राम राहत सामग्री ढुवानी गरेको छ । बाढीबाट वेपत्ता पाँच जनाको खोजीकार्य भइरहेको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार नौ जना विदेशीसहित ९६ जनाको उद्धार गरिएको जनाएको छ । सोमबार थप १० जना विदेशी नागरिक उद्धार गरिएको छ । प्राधिकरणको विपद् प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीका अनुसार बाढीका कारण जोखिममा परेका तथा सडक सञ्जाल अवरुद्ध हुँदा आवत–जावत गर्न नसकी विभिन्न स्थानमा फसेका नागरिकलाई हवाइ साधनमार्फत उद्धार गरिएको हो ।
सडक सम्पर्क अवरुद्ध भएका कारण स्थलमार्गबाट राहत दिन कठिनाइ भएपछि हवाइ साधनबाट उद्धार तथा राहत ढुवानीलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















