Opens in a new tab

नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर टुडे

2.1KShares

सारांश

  • नवलपरासी पूर्वको गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
  • कुसुमघाटस्थित भित्री सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय राजु थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
  • प्रहरीले दुर्घटनामा संलग्न बस, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

 गैँडाकोट । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  गैँडाकोट इङ्लिस स्कुलको ग १ ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना ५८ प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कुल बसको ठक्करबाट गैँडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका गिरीले जानकारी दिए।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गिरीले नवलपुर टुडेलाई बताए।

अरुपनि पढ्नुहोस

सबै