Opens in a new tab

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी भारतीय सहित ३ जना पक्राउ

अशोक यादव

6KShares

सारांश

  • बैंक तथा डिजिटल वालेटको केवाइसी (KYC) अपडेट गर्ने बाहनामा सर्वसाधारणको खातामा अनधिकृत पहुँच पुर्‍याई करिब ५० लाख रुपैयाँ ठगी गरिएको छ।
  • यस ठगी कार्यमा संलग्न एक भारतीय नागरिकसहित तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
  • पक्राउ पर्नेमा मोहम्मद साहिल, सलोनी कुमारी सोनी र नितेश कुशवाहा रहेका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

रौतहट, असोज २६ । बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैगनियाका स्थायी बासिन्दा तथा गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

रौतहट प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै