तीस लाख नेपालीलाई बाथ रोगको समस्या

रासस

सारांश
- नेपालमा करिब ३० लाख मानिसमा बाथ रोगको समस्या रहेको चिकित्सकहरूले बताएका छन्।
- समयमै उपचार नगरिएमा बाथ रोगका कारण शरीरका जोर्नीहरू बाङ्गिने र स्थायी रूपमा कमजोर बन्ने खतरा हुन्छ।
- जाडो मौसममा बाथका बिरामीहरूको दुखाइ अझ बढ्ने भएकाले यसलाई सामान्य जोर्नी दुख्ने वा युरिक एसिड मात्र ठान्नु हुँदैन।
काठमाडौँ । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले सो तथ्य प्रकाश पारेका हुन् ।
नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व बाथरोग दिवसका अवसरमा उहाँले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिए । उनले उक्त रोगको समयमै उपचार नगरिए शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिए ।
पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा.केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिए ।
उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।
समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















