आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

नवलपुर टुडे

सारांश
- भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका इन्ट्रायक्ट र इको क्लबले देवघाटस्थित हरिहर सन्यास आश्रममा तीन सय जनालाई खाना खुवाएका छन्।
- विद्यार्थीहरूमा सामाजिक सेवाप्रतिको प्रेरणा, सहयोग र सद्भावको भावना विकास गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
- आश्रमका पदाधिकारी र विद्यालयकी प्राचार्यले यस्ता गतिविधिले विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न जिम्मेवार बनाउने बताएका छन्।
भरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले आश्रममा खाना खुवाएका छन् । स्कुलको इन्ट्रायक्ट क्लब र इको क्लबले देवघाट ५ तनहुँस्थित हरिहर सन्यास आश्रममा तीन सय जनालाई खाना खुवाएको हो । आश्रममा आश्रित दुई सय जना विद्यार्थी तथा एक सय जना वृद्धवृद्धालाई खाना खुवाईएको ग्रीनल्याण्ड इन्ट्रायक्ट क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए ।
विद्यार्थीलाई सामाजिक सेवाप्रति प्रेरित गर्न तथा सहयोग र सद्भावको भावना विकासका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए । यसले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न र मानवीय सेवामा सहभागी हुन प्रेरित गर्ने विश्वास लिईएक छ ।
आश्रमका कोषाध्यक्ष केशव चैतन्य ब्रम्हचार्यले ग्रीनल्याण्ड स्कुलले विद्यार्थीहरुमा शिक्षासँगै सामाजिक सेवा र मानवीयको भाव जगाउने बिषयमा प्राथमिकता दिने गरेको भन्दै खुशी व्यक्त गरे । स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सामाजिक सेवाका भावना र समुदायप्रतिको उत्तरदायित्व बहन गर्न जिम्मेवार बनाउने बताईन् ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















