मुगुमा दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कबड्डी प्रतियोगिता सुरु हुँदै आजदेखि
तपेन्द्र एडी

सारांश
- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेलको आयोजना मुगु जिल्लामा भइरहेको छ।
- प्रतियोगितामा विभिन्न १० वटा जिल्लाका पुरुष खेलाडीहरूको सहभागिता रहेको छ।
- कार्यक्रममा नगर उपप्रमुख, जिल्ला खेलकुद विकास समितिका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको छ।
मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल मुगु जिल्लामा आयोजना भइरहेको छ। प्रतियोगितामा विभिन्न १० जिल्लाका पुरुष खेलाडीहरूको सहभागिता रहेको छ।
कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ईश्वर्य मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। प्रतियोगिताको आयोजना तथा व्यवस्थापनमा मुगु जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जिल्लासिंह भाम लगायतको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा मुगु र हुम्ला जिल्लाका खेलकुद संयोजकहरू समेत उपस्थित हुनुभएको छ। त्यस्तै मुगु जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको पनि उपस्थिति रहेको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















