Opens in a new tab

विजयनगर–७ लालपुरमा सशस्त्र प्रहरीको कारबाही, ५५० कुखुराका चल्ला बरामद

नन्द किशोर कुर्मी (लालु)

10.5KShares

सारांश

  • कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट भारततर्फबाट अवैध रूपमा ल्याइएका ५५० वटा कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ।
  • सुरक्षाकर्मीलाई देखेपछि तस्करहरू साइकल र चल्ला छाडेर फरार भएका छन् भने बरामद चल्लाको मूल्य अन्दाजी ५५ हजार रुपैयाँ रहेको छ।
  • सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसारले पशुपन्छीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी बढाएको छ।
dida bag ad

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–७ लालपुरबाट भारतबाट अवैध रूपमा भित्र्याइएका ५५० वटा कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। बरामद चल्लाको अनुमानित मूल्य ५५ हजार रुपैयाँ रहेको छ।

साइकलमा लोड गरी चल्ला ओसारपसार गरिरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि संलग्न व्यक्तिहरू साइकल तथा चल्ला छाडेर फरार भएको बताइएको छ।

बीओपी डालपुरका इन्स्पेक्टर दीपक बढुको कमान्डमा खटिएको पाँच सदस्यीय सशस्त्र प्रहरी टोलीले उक्त चल्ला नियन्त्रणमा लिएको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चल्ला बरामद गरेको हो। यस्ता गतिविधिले पशुपन्छीजन्य रोग फैलिने जोखिमसमेत बढाउन सक्ने भएकाले सीमामा निगरानी र नियन्त्रणगर्न लाई थप निगरानी बढाएको छ