Opens in a new tab

जंगली च्याउ खाँदा बालिकाको मृत्यु

रासस

2.3KShares

सारांश

  • दाङको गढवा गाउँपालिका–१ मा जंगली च्याउ खाँदा तीन वर्षीया बालिका लक्ष्मी माझीको मृत्यु भएको छ।
  • जंगली च्याउ सेवनबाट बिरामी परेकी मृतक बालिकाकी २६ वर्षीया आमा सुमित्रा माझी उपचारपछि डिस्चार्ज भएकी छिन्।
  • भालुवाङ अस्पतालमा सामान्य उपचारपछि लमही अस्पतालमा थप उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही । दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१, वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले जानकारी दिए ।

स्थानीय ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरूलाई उपचारका निम्ति भालुवाङ अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका निम्ति लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार (असोज २३)राति चिकित्सकले उनलाई मृत घोषणा गरेका डीएसपी केसीले जानकारी दिए ।

आमा सुमित्रा भने उपचारपछि ‘डिस्चार्ज’ भएको प्रहरीले जनाएको छ ।