रास्वपाको “हामी आउँदैछौँ” अभियान: नागरिक सुझाव संकलन

नवलपुर टुडे

सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको “हामी आउँदैछौँ” अभियानअन्तर्गत पश्चिम नवलपरासीका विभिन्न गाउँपालिकामा नागरिक संवाद तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य आकांक्षा पोखरेल र प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यले जनताका सुझाव र गुनासाहरू नै आगामी राजनीतिक रणनीतिको मुख्य मार्गदर्शन हुने बताएका छन्।
- छलफलका क्रममा स्थानीय बासिन्दाहरूले कृषि, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा देखिएका समस्याहरू उजागर गरेका छन् भने पार्टीले यस अभियानलाई अन्य स्थानीय तहमा पनि निरन्तरता दिने जनाएको छ।
नवलपरासी , असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अभियान “हामी आउँदैछौँ” अन्तर्गत पश्चिम नवलपरासीको सरावल , पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा नागरिक , संवाद तथा सुझाव संकलन कार्यक्रम भएको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको रूपमा रास्वपाका केन्द्रीय सदस्य आकांक्षा पोखरेल र प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यको उपस्थिति रहेको थियो ।
संवाद कार्यक्रममा बोल्दै रास्वपा केन्द्रीय सदस्य आकांक्षा पोखरेलले नागरिकसँगको प्रत्यक्ष संवादले पार्टीलाई सही दिशामा अघि बढ्न मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजनीति भनेको केवल भाषण गर्ने मात्र होइन, जनताको कुरा सुन्ने र उनीहरूको भावना अनुसार काम गर्ने माध्यम हो । यहाँ संकलन गरिएका हरेक सुझाव र गुनासाहरू हाम्रा लागि आगामी रणनीति तय गर्ने मार्गदर्शन बन्नेछन् ।
त्यस्तै संवाद कार्यक्रममा अर्का प्रतिनिधि , प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यले जनताका घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्नु र त्यसको स्थायी समाधानका लागि नीतिगत तहमा आवाज उठाउनु नै यस अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले दैनिक जीवनमा भोगिरहेका साना-तिना समस्यादेखि नीतिगत बेथितिसम्मका विषयलाई नजिकबाट बुझ्न हामी तपाईँहरूकै माझमा आएका हौँ। नागरिकले दिएका सुझाव र उठाएका समस्यालाई हामी संसद् र सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि निरन्तर दबाब दिनेछौँ।”
छलफलका क्रममा स्थानीय बासिन्दाहरूले कृषि, शिक्षा, स्वास्थ्य तथा स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका समस्याहरूबारे आफ्ना भनाइ र सुझावहरू प्रस्तुत गरेका थिए। पार्टीले पश्चिम नवलपरासीका अन्य स्थानीय तहहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।
तस्बीर –रास्वपाको“हामी आउँदैछौँ” अभियान :


नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
अरुपनि पढ्नुहोस
सबै
बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















