इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी

सारांश
- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम गर्न आग्रह गर्नुभएको छ।
- उहाँले सम्बन्धित पक्षलाई प्रिटोरिया सम्झौताअनुसार वार्ताको माध्यमबाट समस्या समाधान गर्न र द्वन्द्व बढाउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ।
- संयुक्त राष्ट्रसंघले यस क्षेत्रको शान्ति र स्थिरताका लागि मध्यस्थता गर्न तयार रहेको स्पष्ट पार्दै तनाव कम गर्न सहयोग गर्न आह्वान गरेको छ।
काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गरेका हुन् । उनले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
द्वन्द्व थप चर्किएमा क्षेत्रीय शान्ति र स्थिरतामा असर पर्न सक्ने भन्दै उनले सबै पक्षलाई संयम अपनाउन अनुरोध गरेका छन् । साथै, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि देशको भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्न सबै राष्ट्रलाई आग्रह गरेका छन् ।
गुटेरेसले द्वन्द्वरत पक्षमाथि प्रभाव राख्ने राष्ट्रहरूलाई तनाव कम गर्न सहयोग गर्न र द्वन्द्व बढाउने गतिविधिबाट टाढा रहन पनि आह्वान गरेका छन् । समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघ मध्यस्थता गर्न तयार रहेको उनले बताएका छन् ।

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
अरुपनि पढ्नुहोस
सबै
बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















