सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

रासस

सारांश
- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- नारायणगढबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा ज्यान गएको हो।
- घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको पहिचान खुलाउन प्रहरीले तस्बिर सार्वजनिक गरेको छ।

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार बसको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । बसको ठक्करबाट घाइतेको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको छ ।
ठक्कर दिने बस र बस चालक कावासोती–१४ का ४६ वर्षीय नारायण महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको र मृतकको पहिचान नखुलेको जनाउँदै पहिचानका लागि प्रहरीले मृतक तस्बिर सार्वजनिक गरेको जनाएको छ ।

हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















