मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

नवलपुर टुडे

सारांश
- काभ्रे जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा कुल दुई हजार ६०२ जनाको नाम हटाइएको छ।
- मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जनाको नाम नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- कार्यालयका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा बढी भुम्लु गाउँपालिकामा ४४७ र पनौती नगरपालिकामा ४३८ जना रहेका छन्।
काभ्रे । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
काभ्रे जिल्लाको मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयले सो नामावली हटाएको हो । नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरले जानकारी दिए ।
मृत्यु भएका मतदाताको नाम हटाउनेमा भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ३७५ जना रहेका छन् । पनौती नगरपालिकामा २९६, नमोबुद्ध नगरपालिकामा २८१, बनेपा नगरपालिकामा २४०, धुलिखेल नगरपालिकामा ९७, महाभारत गाउँपालिकामा ६५, पाँचखाल नगरपालिकामा ३४ र बेथानचोक गाउँपालिकामा १४ जनाको नाम हटाइएको छ ।
दोहोरो दर्ताका कारण पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ । चौँरीदेउराली गाउँपालिकामा ११८, नमोबुद्ध नगरपालिकामा १०९, पाँचखाल नगरपालिकामा १०४, मण्डनदेउपुर नगरपालिकामा १०१ र रोशी गाउँपालिकामा ९९ जनाको नाम हटाइएको हो ।
तेमाल गाउँपालिकामा ८२, धुलिखेल र बनेपा नगरपालिकामा ८०–८०, बेथानचोक गाउँपालिकामा ७४, भुम्लु गाउँपालिकामा ७२, महाभारत गाउँपालिकामा ७० तथा खानीखोला गाउँपालिकामा ६८ जनाको दोहोरो दर्ता हटाइएको छ ।
नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको उनले बताए । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्यागका कारण नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ र पनौती नगरपालिकामा ४३८ जना रहेका छन् ।
त्यस्तै, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८, महाभारत गाउँपालिकामा १३५, चौँरीदेउराली गाउँपालिकामा ११८, मण्डनदेउपुर नगरपालिकामा १०२, रोशी गाउँपालिकामा ९९, बेथानचोक गाउँपालिकामा ८८, तेमाल गाउँपालिकामा ८२ र खानीखोला गाउँपालिकामा ६८ जनाको नाम हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















