जापान सरकारको आर्थिक सहयोगमा सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास

नवलपुर टुडे

सारांश
- जापान सरकारको आर्थिक सहयोग र चाइल्डफण्ड जापानको सहकार्यमा पश्चिम नवलपरासीका चारवटा सामुदायिक विद्यालयमा भूकम्प सुरक्षा अभ्यास गरिएको छ।
- विपद्को समयमा हुन सक्ने क्षति न्यूनीकरण र सुरक्षित रहने उपायबारे विद्यार्थी तथा शिक्षकहरूलाई पूर्वतयारीस्वरुप व्यावहारिक अभ्यास गराइएको हो।
- सरावल गाउँपालिकाका उक्त विद्यालयहरूमा सञ्चालित अभ्यासमा १,,७४६ जना बालबालिकाको सहभागिता रहेको थियो।
काठमाडौँ असोज २३ । जापान सरकार ( मोफा) को आर्थिक सहयोगमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित चारवटा सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गरिएको छ।
चाइल्डफण्ड जापानको सहकार्यमा तथा इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित “बालमैत्री तथा समावेशी शिक्षाको लागि विद्यालयको वातावरण सुधार परियोजना” अन्तर्गत सरावल गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गराइएको हो।
चाइल्डफण्ड जापानका प्रोजेक्ट म्यानेजर मनोज थारूका अनुसार विपद्को समयमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र सुरक्षित रहने उपायबारे विद्यार्थी तथा शिक्षकहरूलाई पूर्वतयारी स्वरूप यो व्यावहारिक अभ्यास गराइएको हो ।
परियोजना प्रबन्धक (प्रोजेक्ट म्यानेजर) बीणा कुमारी चौधरीका अनुसार बिनोद नीता कण्डेल आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र महेन्द्र जनता माध्यमिक विद्यालयमा उक्त अभ्यास सञ्चालन गरिएको हो ।
साथै, यी चारवटै विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरणका लागि बृहत्तर विद्यालय सुरक्षा योजना बनाइएको छ। उक्त अभ्यासमा कुल १,७४६ जना बालबालिकाहरूको सहभागिता रहेको थियो। भूकम्प जस्ता प्राकृतिक विपद् आउँदा अपनाउनुपर्ने सुरक्षित स्थानान्तरण सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो।

(तस्बिर: भूकम्प जस्ता प्राकृतिक विपद् आउँदा अपनाउनु पर्ने सुरक्षित स्थानान्तरण सम्बन्धी प्रयोगात्मक अभ्यास)

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















