पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते विद्यार्थीको उद्धार

नवलपुर टुडे

सारांश
- पोखरा महानगरपालिका–२८, कालिकास्थानमा विद्यार्थी बोकेको स्कुल बस आज बिहान दुर्घटना भएको छ।
- सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
- घटनास्थलबाट ५ जना घाइते विद्यार्थीको उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ।
सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तीव्र पारेको छ। हालसम्म ५ जना घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















