कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

रासस

सारांश
- कोशी प्रदेशसभाको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस गरिएको छ।
- सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ विनियोजन गरेको र पदक विजेता खेलाडीलाई भत्ता दिइने जानकारी दिएकी छिन्।
- बैठकको शून्य समयमा विभिन्न प्रदेशसभा सदस्यहरूले आ-आफ्ना क्षेत्रका विविध विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका छन्।
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेस गरेका हुन् ।
सदनमा कोशी प्रदेशसभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेस गरिन् । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सदनको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै १०औँ राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले रु आठ करोड बजेट विनियोजन गरेको जानकारी दिइन् ।
उनले खेलकुदका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले भत्ता पनि दिने जानकारी दिइन् । उनले ‘ग्राम थान’ थान संस्कृतिसम्बन्धी विधेयक ल्याउन सरकारले आवश्यक तयारी गरिहेको बताउँदै १०औँ राष्ट्रिय खेलकुदका लागि प्रदेशमा ५२ प्रकारका खेलकुद प्रतियोगिता आयोजन हुने जानकारी दिइन् ।
यसअघि आजको सदनको शून्य समयमा प्रदेशसभाका सदस्य खगेश्वरी पौडेल, मीना श्रेष्ठ, यशोदा कायस्त, राजेन्द्र कार्की, तारादेवी ढकाल, रोहितबहादुर कार्की र रेवतीरमण भण्डारीले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















