लागुऔषधसहित २५ जना पक्राउ

रासस

सारांश
- देशका विभिन्न स्थानमा नियमित गस्तीका क्रममा प्रहरीले लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
- ललितपुर, धादिङ, सिरहा, झापा, सप्तरी, बर्दिया, मोरङ, कास्की, सुनसरी, मकवानपुर र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
- पक्राउ परेकाहरूको साथबाट खैरोरोइन, गाँजा र प्रतिबन्धित औषधिसहित नाइट्राजेपाम बरामद गरिएको छ।

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट दुई जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम बरामद गरेको छ।

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

















