Opens in a new tab

सिरहामा कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने

प्रदिप सिंह

11.7KShares

सारांश

  • नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व शत्रुधन प्रसाद शाहले सखुवानन्दकारकट्टी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
  • नेपाल सरकारका अवकाशप्राप्त शिक्षक शाह लामो समयदेखि शिक्षण पेसाका साथै स्थानीयस्तरमा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएको छ।
  • मिशन २०८४ अन्तर्गत आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो।

लहान २२ असोज । नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व शत्रुधन प्रसाद शाहले सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेका छन्।

नेपाल सरकारका अवकाशप्राप्त शिक्षकसमेत रहेका शाह लामो समय शिक्षण पेशामा आबद्ध थिए। शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहेका शाह स्थानीयस्तरमा राजनीतिक विषयको राम्रो बुझाइ भएका व्यक्तित्वका रूपमा परिचित छन्।

मिशन २०८४ अन्तर्गत आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शाहले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेका हुन्।