त्रिनेत्र माविमा सरसफाइ सप्ताह सुरु
नन्द किशोर कुर्मी (लालु)

सारांश
- विजयनगर गाउँपालिकाको शिक्षा शाखाको सूचनाअनुसार विद्यालयमा गठित बाल क्लबको अगुवाइमा कपिलवस्तुमा सरसफाइ सप्ताह सुरु गरिएको छ।
- पहिलो दिन मधुनगरस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालय परिसरमा विद्यार्थीहरूको सहभागितामा सरसफाइ गरी स्वच्छ वातावरणको सन्देश दिइएको छ।
- विद्यार्थीहरूलाई सरसफाइ, स्वच्छता र वातावरण संरक्षणप्रति सचेत गराउन सप्ताहभरि विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्।
कपिलवस्तु । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको योजना तथा विजयनगर गाउँपालिका शिक्षा शाखाको सूचनाअनुसार विद्यालयमा गठित श्री सरस्वती बाल क्लबको अगुवाइमा सरसफाइ सप्ताह सुरु गरिएको छ।
सरसफाइ सप्ताहअन्तर्गत पहिलो दिन विजयनगर गाउँपालिका–७, मधुनगरस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो। बाल क्लबका पदाधिकारी तथा विद्यार्थीहरूको सहभागितामा विद्यालय परिसर सरसफाइ गरी स्वच्छ र सफा वातावरण निर्माणको सन्देश दिइएको छ।
विद्यालयमा सरसफाइ, स्वच्छता र वातावरण संरक्षणप्रति विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले सप्ताहभर विभिन्न गतिविधि सञ्चालन गरिने जनाइएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















