Opens in a new tab

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

नवलपुर टुडे

1.8KShares

सारांश

  • साउदी अरबले केएस रिलिफमार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा साउदी राजदूतले मन्त्री महावीर पुनलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
  • प्राप्त राहत सामग्री भोटेकोशी बाढीपीडितहरूलाई वितरण गरिने साउदी राजदूतावासले जनाएको छ ।

काठमाडौँ । साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।

उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।

मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुक बिचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए । केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्ने यहाँस्थित साउदी राजदूतावासले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै