मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत

रासस

सारांश
- बागलुङको ताराखोलामा गत असोज दोस्रो साता गएको पहिरोमा परी ज्यान गुमाएका तीनै, मृतकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँ नगद राहत प्रदान गरेको छ।
- गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टोली पीडितकै घरमा पुगेर सो राहत रकम हस्तान्तरण गर्नुका साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत र पुनःनिर्माणका लागि सहयोगको अपिल गरेको छ।
- सो विपद्मा परेर ज्यान गुमाउनेमा दिलबहादुर पुन, नरमाया रोका र मनबहादुर रोका रहेका छन् भने पीडितहरूका लागि एनआरएनएले पाँच लाखभन्दा बढीको खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ।
बागलुङ । पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलध गराएको हो ।
गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई रु एक/एक लाख नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रिजालले जानकारी दिए ।
बाढीपहिरो पीडितलाई एनआरएनएले रु पाँच लाख बढीको खाद्यन्न, लत्ता कपडालगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । पहिरोले घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















