कांग्रेस मतदानको समय सारियो

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको मतदानको समय प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
- वाग्मती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभागृहमा र अन्य छ वटा प्रदेश तथा जनसम्पर्क समितिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदानस्थलको व्यवस्था गरिएको छ।
- निर्वाचन समितिले मतदानस्थलमा मोबाइललगायत आचारसंहिताले निषेध गरेका सामग्रीहरू लैजान नपाइने स्पष्ट पारेको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान कार्यक्रमको समय सारिएको छ ।
आज (असोज २२) बिहान १० बजेदेखि मतदान हुने भनिएको थियो । तर, मतदान कार्यक्रम दिउँसो १ बजेसम्मका निम्ति सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको उनले बताए ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उमेदवारको अन्तिम नामावली बुधबार (असोज २१) राति प्रकाशन गरिएको छ ।
वाग्मती प्रदेशका मतदाताका निम्ति राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था गरिएको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका निम्ति खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ ।
कोसी र मधेस प्रदेशका निम्ति खुलामञ्चस्थित तराई मधेस हल, गण्डकीका लागि हिमाली हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका निम्ति पहाड हलमा मतदानको व्यवस्था गरिएको सदस्य सचिव कटुवालले बताए ।
मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान नपाइने समितिले जनाएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















