Opens in a new tab

कांग्रेस केन्द्रीय सदस्यमा दिपेश यादवको उम्मेदवारी

राम नारायण

13.1KShares

सारांश

  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मधेश प्रदेश भूगोलतर्फ ३५ वर्षमुनिको युवा खुल्ला समूहबाट दिपेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।
  • राजनीतिक वातावरणमा हुर्किएका यादव सप्तरी–३ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन हुनुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ।
  • केन्द्रीय सदस्यमा विजयी भएपछि युवाका समस्या नीति निर्माण तहमा पुर्याउने, शिक्षा र रोजगारी सिर्जना गर्ने तथा पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने उहाँको प्राथमिकता रहेको छ।

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मधेश प्रदेश भूगोलतर्फ ३५ वर्षमुनिको युवा खुल्ला समूहबाट दिपेश यादव केन्द्रीय सदस्य पदका उम्मेदवारी दिएका छन् ।

कांग्रेससँगको पारिवारिक सम्बन्धका कारण बाल्यकालदेखि राजनीतिक वातावरणमा हुर्किएका यादवले जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

आन्दोलनपछि युवाको असन्तुष्टिलाई रोजगारी, शिक्षा, अवसरको कमी, भ्रष्टाचार र राजनीतिक जवाफदेहितासँग जोडेर बुझेका यादवले सप्तरीमा सामाजिक क्षेत्रमा सचेतना अभियानसमेत चलाएका थिए ।

कांग्रेसको संगठनमा सक्रिय भएका उनी सप्तरी–३ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन । केन्द्रीय सदस्य बने युवाका समस्या नीति निर्माणमा पु¥याउने, शिक्षा र रोजगारीलाई जोड्ने, विदेश पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्ने तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने उनको प्राथमिकता छ ।

अरुपनि पढ्नुहोस

सबै