Opens in a new tab

कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु

नवलपुर टुडे

2.1KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ।
  • मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ५०० मतदान अधिकृत खटाइएका छन् भने क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएका छन्।
  • राष्ट्रिय सभागृह र खुलामञ्चमा तोकिएका मतदान केन्द्रहरूमा मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदान आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् ।

मतपत्र २३ वटा रहनेछन् । क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो । मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ ।

मतदानस्थल राष्ट्रिय सभागृह र खुलामञ्चमा हुनेछ । मतदानस्थल प्रदेशअनुसार तोकिएको छ । राष्ट्रिय सभागृह ‘मतदान केन्द्र क’मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

खुलामञ्च ‘मतदान  केन्द्र ख’मा कोसी प्रदेश (तराई मधेस हल), मधेस प्रदेश (तराई मधेस हल), गण्डकी प्रदेश (मिहाली हल), लुम्बिनी प्रदेश (पहाड हल) र कर्णाली/सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले (पहाड हल)मा मतदान गर्नेछन् ।

मतदान सकिएपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै