Opens in a new tab

दुर्गम नागरिकहरुको उपचार सहारा बन्यो बुढिनन्दा

उमेश रोकाया

4.3KShares

सारांश

  • बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ३ सय ६१ जनाले सेवा प्राप्त गरेका छन्।
  • शिविरमा विभिन्न रोगको परीक्षण, मोतियाविन्दु तथा कानको शल्यक्रिया लगायतका सेवाहरू निःशुल्क प्रदान गरिएको थियो।
  • नगरपालिकाले एक पाइला फाउन्डेसनसँगको ५ वर्षे सम्झौताअनुसार दुर्गमका विपन्न नागरिकलाई लक्षित गरी निरन्तर यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ।

बाजुरा, असोज २१ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -२ कोल्टी आधारभूत अस्पतालमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविरमा ३ हजार ३ सय ६१ जनाले सेवा लिएका थिए । बुढीनन्दा नगरपालिका आयोजना एक एक पाइला फाउन्डेसन र गेटा आँखा सहयोग तथा समन्वयमा शिविर सञ्चालन गरेको थियोे । दुर्गम नागरिकहरुको स्वास्थ्य चेकजाँच संगै उपचार सहारा बन्यो बुढिनन्दा नगरपालिका ।

आँखा रोग १ हजार १ सय ३४ शल्यक्रिया मोतिया विन्दुको शल्यक्रिया १ सय २८ कानको शल्यक्रिया १६ नाक कान घाँटी रोग सेवा ६ सय ९७ स्त्री तथा प्रसूति रोग सेवा ३ सय ७ दन्त रोग सेवा ३ सय २५ र निःशुल्क फार्मेसी सेवा
३ हजार ३ सय ६१ जनाले सेवा लिएका थिए ।

विपन्न नागरिक जाे, आर्थिक अभावका कारण राेग पालेर मृत्युु पर्खेर बस्नुपर्ने बाध्यता छ । त्यस्तै नागरिकलाई निशुल्क उपचार गरेर सन्चाे बनाउदाकाे खुसीकाे सीमा कुनै यन्त्रले पनि मापन गर्न सकिन्न । बुढीनन्दा नगरपालिकाले एक एक पाईला फाउन्डेसन संग ५ वर्षकाे संझाैता गरेर निरन्तर विशेषज्ञ सहितकाे निशुल्क स्वास्थ्य शिविर गर्दै आएकाे बुढिनन्दा नगरपालिका नगरप्रमु्ख जनक कुमार बोहराले बताउनुभयो ।

सुरुकाे वर्ष ४५०० भन्दा बढी, दाेश्राे वर्ष- १७०० भन्दा बढी र तेस्रो वर्ष ४२१० बढी गरेका थियौं । यस बर्ष हामीले शल्यक्रियालाई मात्र प्राथमिकतामा राखेर नाक,कान, घाँटी, आँखा, दाँँत र स्त्रीरोग र केही बालबालिका सम्बन्धी निशुल्क स्वाास्थ्य शिविर संचालन गर्दा जम्मा ३३६१ जना विरामीले उपचार सेवा पाएका छन। धनगढी नेपालगंन्ज,सुर्खेत र काठमाडौं जादा हुने खर्च बचेकाे छ।

नि: शुल्क उपचार र निशुल्क ओैषधीले गरीब जनतालाई ठुलाे राहत मिलेकाे छ । यसका निम्ति निरन्तर हाम्राे पालिका मार्फत सहयाेग प्रदान गर्नुहुने,एक एक पाईला फाउन्डेसन काठमाडौं र यसका अध्यक्ष डा. सुमन समशेर थापा, ब्यबस्थापन अशाेक पाण्डे लगायत सम्पुर्ण एक एक पाईलाकाे चिकित्सक लगायतकाे टिम साथै गेटा आँखा अस्पताल र डा.स्माेध अधिकारी लगायतकाे टिम, स्वास्थ्य शाखा, काेल्टी अस्पतालकाे टिम, स्वयंसेवक, ईलाका प्रहरी काेल्टीकाे टिम , सम्पुर्ण संचारकर्मी लगायत सबैमा हृदयदेखि आभार तथा धन्यवाद दिएका छन ।

अरुपनि पढ्नुहोस

सबै