Opens in a new tab

युवा नेता विजय यादव आजपाको केन्द्रीय सचिवमा नियुक्त

नवलपुर टुडे

10.9KShares

सारांश

  • आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठकले युवा नेता विजय यादव ‘निर्विज’ लाई पार्टीको केन्द्रीय सचिवको जिम्मेवारी प्रदान गरेको छ।
  • फतुवा विजयपुर नगरपालिकाका पूर्वमेयर प्रत्यासीसमेत रहेका यादव लामो समयदेखि पार्टीको संगठन विस्तार र युवा परिचालनमा सक्रिय रहँदै आएका छन्।
  • यो नयाँ जिम्मेवारीसँगै यादवको राजनीतिक भूमिका स्थानीय तहबाट राष्ट्रिय संगठनसम्म विस्तार भएको छ र पार्टीले उनबाट संगठन सुदृढीकरणको अपेक्षा गरेको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव ‘निर्विजलाई पार्टीको केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ। आजपाको असोज १८ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टीका विभिन्न नेताहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रममा यादवलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो। स्थानीय राजनीतिमा सक्रिय र प्रभावशाली युवा नेताका रूपमा परिचित यादव फतुवा विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी समेत हुन्।

उनले पछिल्लो समय पार्टीको संगठन विस्तार,युवा परिचालन तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका विश्वासिला युवा नेताका रूपमा समेत यादवलाई लिइन्छ। साहसँगको लामो राजनीतिक सहकार्य र संगठनात्मक सक्रियताका कारण यादवले पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको बताइन्छ। केन्द्रीय सचिवको जिम्मेवारी पाएसँगै यादवको राजनीतिक भूमिका स्थानीय तहबाट राष्ट्रिय संगठनसम्म विस्तार हुने भएको छ।

आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण, युवालाई आजपाको अभियानमा जोड्ने तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने जिम्मेवारीमा यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। आजपाले पछिल्लो समय संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै विभिन्न तहमा जिम्मेवारी पुनःव्यवस्थित गरिरहेको छ। सोही क्रममा यादवलाई दिइएको नयाँ जिम्मेवारीलाई पार्टीभित्र उनको बढ्दो राजनीतिक भूमिकाका रूपमा समेत हेरिएको छ।

अरुपनि पढ्नुहोस

सबै