Opens in a new tab

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

नवलपुर टुडे

6.5KShares

सारांश

  • पोखरा महानगरपालिका–२४ कार्कीस्थित तगारामा छिमेकीको हत्या गरेको आरोपमा ३३ वर्षीय जगत दाहाल पक्राउ परेका छन्।
  • पक्राउ परेका दाहालले ७२ वर्षीय स्थानीय पूर्णभद्र त्रिपाठीमाथि कोदालो र सिसाको बोतल प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
  • घाइते त्रिपाठीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२४, कार्कीस्थित तगारामा छिमेकीको हत्या आरोपमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय जगत दाहाल छन् । उनले स्थानीय ७२ वर्षीया पूर्णभद्र त्रिपाठीलाई सोमबार कोदालो र सिसाको बोतल प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका त्रिपाठीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।