सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

नवलपुर टुडे

सारांश
- न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि रिक्त चार जना न्यायाधीश सिफारिस गरेको छ।
- सिफारिस हुनेहरूमा उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
- परिषद्ले मुख्यन्यायाधीशहरूलाई पन्छाएर वरियता क्रममा तल रहेका न्यायाधीशहरूलाई सर्वोच्चमा सिफारिस गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरु मध्येबाट न्यायाधीश सिफारिस गरेको हो। परिषद स्रोतका अनुसार कानुन व्यवसायीबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्।
परिषद्ले उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिसमा परेका उनी मात्रै हुन्। परिषदले अरु तीन जना भने वरियता मिचेर सिफारिस गरेको छ। चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरिएको हो।
गत वर्ष परिषदले निकालेको बुलेटिनअनुसार उच्च अदालतका न्यायाधीशमध्ये थारु पाँच नम्बर वरियतामा छन् भने पाण्डे १३ र डाँगी १६ नम्बर वरियताका न्यायाधीश हुन्। यसअघि जिल्लाबाट हिमलाल बेल्बासेलाई चार दिनका लागि मात्रै वरियता मिचेर उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको थियो।
परिषदले मुख्यन्यायाधीशहरुलाई पन्छाएर वरियताको तल रहेका न्यायाधीशहरुलाई सर्वोच्च ल्याउन सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनीहरु प्रधानन्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















