Opens in a new tab

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

नवलपुर टुडे

7.4KShares

सारांश

  • जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी कसुरको मुद्दामा उक्त आदेश जारी गरेको हो।
  • साइबर ब्युरोको टोलीले प्रसाईंलाई गत असोज १२ गते पक्राउ गरी अनुसन्धान पश्चात मुद्दा अदालतमा दर्ता गरेको थियो।
काठमाडौँ, असोज २० । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु. दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको राससलाई जानकारी दिनुभयो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असोज १२ गते पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अरुपनि पढ्नुहोस

सबै