कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन
देवराजा यादव

सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ।
- नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन मुख्यमन्त्री कार्की, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
- नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता हुने र शैक्षिक वातावरणमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनको उद्घाटन मुख्यमन्त्री कार्कीसहित नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गर्नुभएको हो।

विद्यालय भवन निर्माणमा भारत सरकारको आर्थिक सहयोग रहेको उद्घाटन शिलालेखमा उल्लेख छ। नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार थप व्यवस्थित हुनुका साथै विद्यार्थीको पठनपाठनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नयाँ विद्यालय भवनले शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















