Opens in a new tab

चितवनमा गैंडाको आक्रमणमा परी घाइतेको उपचारका क्रममा मृत्यु

नवलपुर टुडे

2KShares

सारांश

  • चितवनको भरतपुरमा मर्निङवाकमा हिँडिरहेका ४२ वर्षीय भक्तबहादुर घलेलाई गैंडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।
  • गैंडाको आक्रमणबाट घाइते हुनुभएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो।
  • उपचारकै क्रममा उहाँको असोज १९ गते राति ११ः१२ बजे निधन भएको प्रहरीले जनाएको छ।

चितवन ,असोज २० । चितवनमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेलाई गत असोज १४ गते बिहान करिब ५ बजे मर्निङवाकमा हिँडिरहेका बेला एक्कासी गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा असोज १९ गते राति ११ः१२ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।