कांग्रेस १५औँ महाधिवेशनमा उमेदवारी दर्ता जारी

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उमेदवारी दर्ता सुरु भएको छ।
- निर्वाचन समितिले मंगलबार दिउँसो साढे १२ देखि अपराह्न ४ बजेसम्मको समय मनोनयन दर्ताका लागि तोकेको छ।
- यस महाधिवेशनमा कांग्रेसले केन्द्रीय समितिलाई २९७ सदस्यीय र पदाधिकारी संख्या २६ पुर्याएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उमेदवारी दर्ता सुरु गरिएको छ ।महाधिवेशन निर्वाचन समितिले मंगलबार (असोज २०) दिउँसो साढे १२ देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।
मनोनयनपत्र दर्ता सुरु भएसँगै उमेदवारी दिन आउने नेताहरूको भीड बढ्न थालेको मिडिया सेन्टरका संयोजक जीवन भण्डारीले जानकारी दिए । कांग्रेसमा यसपटक केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ ।
सोमबार (असोज १९) महाधिवेशनको बन्दसत्रबाट संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याइएको छ ।

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय
अरुपनि पढ्नुहोस
सबै
रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
















