Opens in a new tab

कैलालीको धनगढीमा चट्याङको लागेर सातजना घाइते

रासस

6.9KShares

सारांश

  • कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर सातजना घाइते भएका छन्।
  • घटनालगत्तै सबै घाइतेहरूलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।
  • अस्पतालमा उपचाररत सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
dida bag ad

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सातजना घाइते भएका छन्।

गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ परेको थियो । त्यसको झिल्का लागेर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, सात वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन् ।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

अरुपनि पढ्नुहोस

सबै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे