Opens in a new tab

कांग्रेस १५औँ महाधिवेशनमा आज उमेदवार मनोनयन दर्ता हुँदै

नवलपुर टुडे

13.7KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुनेछ।
  • उमेदवारको पहिलो नामावली प्रकाशन दिउँसो साढे ४ बजे गरिनेछ भने साढे ४ देखि साढे ५ बजेसम्म दाबी विरोधको समय तोकिएको छ।
  • दाबी विरोधमाथि जाँचबुझ गरी बेलुका ७ बजे उमेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
dida bag ad

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

उमेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ । उमेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ ।  उमेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै