मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

नवलपुर टुडे

सारांश
- चाडपर्व नजिकिँदै जाँदा मकवानपुरमा खाद्यवस्तुको गुणस्तर र मूल्य स्थिति बुझ्न बजार अनुगमनलाई नियमित गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि कार्यालयसहितका निकायको सहकार्यमा संयुक्त रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ।
- तालिकाअनुसार प्रत्येक हप्ताको विभिन्न बारमा सम्बन्धित कार्यालयहरूको नेतृत्वमा पालैपालो अनुगमन भइरहेको छ।
हेटाैँडा । आगामी वडादसैँ, दिपावली र छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा मकवानपुरमा बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइएको छ ।
बजारमा बिक्री वितरण गरिने खाद्यवस्तुको गुणस्तरीयतासँगै बिक्री मूल्यको अवस्था लगायतका विषयमा जानकारी लिने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तर रूपमा सञ्चालन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाका वरिष्ठ खाद्य अधिकृत विमला पोखरेलले जानकारी दिइन् ।
बजार अनुगमनलाई प्रभावकारी बनउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, हेटौँडा उपमहानगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरिरहेको उनले जानकारी दिइन् ।
एकीकृत प्रयासअन्तर्गत हरेक हप्ता सोमबार उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, मङ्गलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बुधबार जिल्ला प्रशासन कार्यालय र बिहीबार हेटौँडा उपमहानगरपालिकाले अनुगमनको नेतृत्व गरिरहेको उनले जानकारी दिइन् ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















