व्यापार तनाव घटाउन इयु–चीन वार्ता

रासस

सारांश
- बढ्दो व्यापार असन्तुलन र आर्थिक तनावलाई कम गर्न युरोपेली सङ्घ (इयु) र चीनबीच बेइजिङमा दुईदिने उच्चस्तरीय वार्ता हुन लागेको छ।
- इयुले चिनियाँ आयात व्यवस्थापन, निर्यात वृद्धिका साथै विद्युतीय कारहरूमा स्वैच्छिक निर्यात सीमा तोक्ने विकल्प अघि बढाएको छ भने चीनले कोटा प्रणालीको विरोध गर्दै आएको छ।
- विज्ञहरूले यस वार्ताबाट समग्र सम्बन्धमा ठूलो परिवर्तनभन्दा पनि केही विशिष्ट विषयहरूमा मात्र सहमति जुट्न सक्ने आकलन गरेका छन्।
काठमाडाैँ। बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ।
सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो। चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले इयुले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ।
गत जुनदेखि जारी वार्तामा इयुले चिनियाँ आयात व्यवस्थापन, चीनमा युरोपेली निर्यात बढाउने तथा दुर्लभ पृथ्वीलगायत महत्त्वपूर्ण सामग्रीको निर्यातलाई सहज र पूर्वानुमानयोग्य बनाउने विषयमा प्रगति चाहेको छ । इयुले हाइब्रिड कारलगायत चिनियाँ उत्पादनमा स्वैच्छिक निर्यात सीमा तोक्ने विकल्प पनि अघि सारेको छ। तर चीनले आयात कोटा वा कडा प्रतिबन्धको विरोध गर्दै आएको छ।
यसैबिच इयुले चीनमाथिको निर्भरता घटाउन आपूर्तिकर्ता विविधीकरण तथा आफ्ना उद्योगको संरक्षणका लागि नयाँ व्यापारिक उपाय तयार गरिरहेको छ। बेइजिङले भने इयुका ‘भेदभावपूर्ण प्रतिबन्धात्मक उपाय’ विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
विज्ञहरूले यस साताको वार्ताबाट समग्र व्यापार सम्बन्धमा ठुलो उपलब्धिभन्दा विशिष्ट विषयमा सहमति हुन सक्ने बताएका छन्। जर्मन मार्शल फन्डकी पेनी नासले इयुसँग चीनबाट आएको चुनौती सामना गर्न थप आक्रामक कदम चाल्ने क्षमता भए पनि त्यसका लागि राजनीतिक इच्छाशक्ति कति छ भन्ने प्रश्न बाँकी रहेको बताए।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















