Opens in a new tab

रौतहटमा इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रासस

5.8KShares

सारांश

  • रौतहटको एक इँटाभट्टामा अलपत्र परेका बालबालिका तथा महिलासहित ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरेको छ।
  • भारतीय ठेकेदार मोहम्मद नासिर ६ लाख भारु लिएर सम्पर्कविहीन भएपछि ती कामदारहरू विचल्लीमा परेका थिए।
  • उद्धार गरिएका सबै भारतीय नागरिकलाई सोमबार सीमा सुरक्षा बलको जिम्मा लगाई स्वदेश फर्ाइएको छ।

रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा काम गर्न आएका ४२ भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ ।

भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी सोमबार (असोज १९) भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी वसन्त गौतमले जानकारी दिए ।

इटाँभट्टा सञ्चालक मोहम्मद मुजामिलले रासनखर्च व्यवस्थापनका निम्ति भन्दै चार दिनअघि आफूसँग भारु ६ लाख लिई गएका भारतीय ठेकेदार मोहम्मद नासिर सम्पर्कविहीन भएपछि कामदार अलपत्र परेका जानकारी दिए ।

आउँदो असारसम्म इँटाभट्टामा काम गर्ने गरी भारतको मुररावादबाट ल्याइएका आश्रित परिवारसहिका कामदार ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि प्रहरीलाई जानकारी गराइएको उनले बताए ।

डीएसपी गौतमले बाहिरबाट कामदार ल्याई अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

अरुपनि पढ्नुहोस

सबै