भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

नवलपुर टुडे

सारांश
- रौतहटको एक इँटा भट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको जिल्ला प्रहरी कार्यालय रौतहटले उद्धार गरेको छ।
- भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि कामदारहरू इँटा भट्टामा अलपत्र परेका थिए जसमा १२ पुरुष, ११ महिला र १९ बालबालिका रहेका छन्।
- उद्धार गरिएका सबै नागरिकलाई बसमार्फत गौर भन्सार पुर्याएर भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाई सकुशल स्वदेश पठाइएको छ।
रौतहट । रौतहटमा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार गरी रौतहट प्रहरीले उनीहरूकै निवासतर्फ पठाएको छ । भारतीय ठेकेदारमार्फत काम गर्न आएका भारतीय नागरिक रौतहटको इट्टाभट्टामा अलपत्र परेपछि प्रहरीले उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ।
गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित महमद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका आश्रित १० बालक र ९ बालिका गरी ४२ जना अलपत्र भारतीय नागरिकको उद्धार गरी उनीहरूकै देश पठाइएको हो।
भारतीय ठेकेदारमार्फत कामका लागि ल्याइएको भएपनि ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेको जानकारी पाएपछि उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताउनुभयो। अलपत्र परेका भारतीय नागरिकको जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी उद्धार गरिएको हो।
घटनाबारे आवश्यक अनुसन्धानपछि प्रहरीले बुधबार साँझ ५ बजे ४२ जनालाई उद्धार गरी ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सार हुँदै सीमावर्ती भारतीय सीमा सुरक्षा बल (I/C AHTU, 20 Bn SSB F Coy) बर्गिनियाका प्रहरीलाई सकुशल जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















