आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने

नवलपुर टुडे

सारांश
- इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) को निर्णयअनुसार आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेजहरू बन्द भएका छन्।
- दक्षिण एसियामै नेपालको फिक्स्ड ब्रोडब्यान्डको पहुँच सस्तो रहेको दाबी गर्दै आएको आइस्पानले मूल्यवृद्धि र इन्धनको मूल्यमा भएको वृद्धिलाई कारण देखाएको छ।
- फाइबरको मूल्य वृद्धि, मुद्रास्फीति र चिपसेटको मूल्य बढेका कारण सञ्चालन गर्न कठिनाई भएपछि सुपथ मूल्यका प्याकेजहरू निरन्तरता दिन नसकिएको स्पष्ट पारिएको छ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आज (असोज १९) देखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले सूचना जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेको हो ।
बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, हामी दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।
विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको थियो । फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















