Opens in a new tab

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

नवलपुर टुडे

21.4KShares

सारांश

  • बागलुङको निसीखोलामा सडक स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा दुईजना कामदारको मृत्यु भएको छ।
  • झिवाखोलाबाट बोहोरागाउँ जाने सडकखण्डमा जेसीएबीले बाटो खनेको बेला अचानक माथिबाट ढिस्को खसेको थियो।
  • घटनामा परी सल्यानका लालबहादुर बुढाथोकी र उदयपुरका राजु थापामगरको ज्यान गएको छ भने रोल्पाका कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

बागलुङ । बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु र एकजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

सोमबार (असोज १९) बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु१क ३४४६ नम्बरको जेसीबीले बाटो खन्ने क्रममा अचानक माथिबाट ढिस्को खस्दा कामदार पुरिएका हुन् । ढिस्कोले पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उद्धार गरी उनलाई बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै