कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
- कार्यतालिका अनुसार असोज २० गते उम्मेदवारी मनोनयन र २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा प्रचारप्रसारको समय, र २२ गते मतदान हुनेछ।
- मतदानका लागि राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन तोकिएको छ भने मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज (सोमबार) साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिए।
उनका अनुसार आज साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६.३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८.३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
यस्तै, असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए।
मतदानका लागि राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ। मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















