सर्लाहीमा जङ्गली हात्ती मृत फेला

रासस

सारांश
- सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।
- अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हात्ती मृत भेटिए पनि यसको कारण भने हालसम्म खुलेको छैन।
- स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी र वन कार्यालयका प्रतिनिधिको टोलीले घटनास्थलको मुचुल्का तयार पार्ने काम अगाडि बढाइएको छ।
सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज परबर खेतमा जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा परबर टिप्न पुगेका खेत धनीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस क्षेत्रमा मध्यराति हात्ती कराएको आवाज समेत सुनिएको सोही स्थानका कृष्ण लामाले जानकारी दिए । राति जङ्गलमा हात्ती कराएको सुनिएको थियो ।
अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हात्ती मरेको सवडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले बताए । हात्ती मर्नुको कारण खुल्न नसकेको उनले बताए । घटनाको मुचुल्का तयारी गरी हात्तीको सद्गत गरिने सवडिभिजन मुर्तियाका प्रमुख योगीको भनाइ छ ।
सो वडाका कार्यवाहक वडाध्यक्ष अर्थमान सिङ्ताका अनुसार उक्त क्षेत्रमा बेलाबेला चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणबाट ठूलो सङ्ख्यामा हात्तीको बथान आउने गरेको छ ।

यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद्का ६ निर्णय

दुर्गम नागरिकहरुको उपचार सहारा बन्यो बुढिनन्दा

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाेसहित)

युवा नेता विजय यादव आजपाको केन्द्रीय सचिवमा नियुक्त

नवलपरासीमा तस्करीका नाईके मानिने महेन्द्र चौधरीका लाखौको अबैध कपडा नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै
मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान















