बाढी पसेपछि सुस्तावासी समस्यामा

रासस

सारांश
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन् । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”
सुस्ता कै स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताएका छन् ।
उनले भने, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बटान गरी बगाएको छ । म जस्तै दर्जनौँभन्दा बढी किसानको धान र उखुलगायतको बाली कटान गरि बगाएको छ ।”
सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु
अरुपनि पढ्नुहोस
सबै
तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर















