तीन संसदीय समितिको बैठक बस्दै

नवलपुर टुडे

सारांश
काठमाडौं । सोमबार (असोज ५) संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
बिहान ९:०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशकलगायतलाई आमन्त्रण गरिएको छ ।
बैठकमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १०:०० बजे बस्दै छ । बैठकमा बाढी, पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माणबारे छलफल हुनेछ ।
पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन तथा विविध विषयमा छलफल हुने जानकारी दिइएको छ । त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०:०० बजे बस्दै छ ।
बैठकमा रसुवास्थित भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय तथा विविध विषयमा छलफल हुनेछ ।

निजी कम्पनीले सस्ता इन्टरनेट सेवा प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत















