हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

नवलपुर टुडे


हङकङ । सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन सुरुआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए । सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो ।
अन्त्येष्टिस्थल हङकङ फ्युनरल होम बाहिर फूलका माला राखिएका थिए । हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर ल्याइएको देखाइएको थियो । सञ्चारकर्मीलाई भने समारोहस्थल भित्र प्रवेश गर्न दिइएको थिएन ।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टि स्थलबाट सँगै बाहिरिएका थिए ।
एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो । अन्य व्यक्तिले हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जलीस्थलमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
तुङको निधनपछि चिनियाँ सरकारले उनलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो । यही व्यवस्थाअन्तर्गत हङकङ र मकाउको शासन सञ्चालन हुँदै आएको छ ।
तुङले पद सम्हालेको केही समयपछि हङकङको अर्थतन्त्र एसियाली वित्तीय सङ्कटबाट प्रभावित भएको थियो । सन् २००३ मा सार्स महामारीका कारण हङकङमा करिब ३०० जनाको मृत्यु भएको थियो भने अर्थतन्त्रमा पनि ठूलो असर परेको थियो ।
त्यसै वर्ष नागरिक स्वतन्त्रताका लागि खतरा मानिएको राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने सरकारको योजनाको विरोधमा करिब पाँच लाख मानिस सडकमा उत्रिएका थिए । व्यापक विरोधपछि सरकारले उक्त योजना स्थगित गरेको थियो।
तुङले सन् २००५ मा स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको थियो । सन् २००३ को उक्त प्रदर्शनले हङकङमा लोकतन्त्रसमर्थक आन्दोलनको शृङ्खलालाई गति दिएको थियो ।
ती आन्दोलन सन् २०१९ मा उत्कर्षमा पुगेका थिए । त्यसपछि सरकारले कडा कदम चालेको थियो भने सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो ।
पदबाट हटेपछि तुङ चीनको सर्वोच्च राजनीतिक सल्लाहकार निकाय चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बनेका थिए । देशका लागि पुर्याएको योगदानको कदरस्वरूप सन् २०१९ मा राष्ट्रिय पदक तथा सम्मान प्राप्त गर्ने ४२ जनामध्ये तुङ पनि एक रहेका थिए ।

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

कर्णाली प्रदेश सरकारले जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन

भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका

सिरहामा फेक टिकटक आईडीबाट अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

रसुवाको स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
अरुपनि पढ्नुहोस
सबै
काठमाडौं उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ

अबका ‘दुई दिन धान नकाट्नू, ट्रेकिङ नगर्नू, जहाँ हुनुहुन्छ सुरक्षित बस्नू’

देशमा अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी
















