अपराध

बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ६५ वर्षीय असम्जान मियाँ पक्राउ

नवलपुर टुडे
२०८३ अशोज २ | बिहान ०८:०६ बजे

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो।

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । आरोपीलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए। उनीहरूले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए। प्रहरीले भने आरोपीलाई नियन्त्रणमा राखेर घटनाबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कमेन्टहरु