पञ्जाबमा किसानको ‘रेल रोको’ आन्दोलन, ६ जिल्लाका रेलवे ट्र्याकमा धर्ना

एजेन्सी

सारांश
अमृतसर । भारतको पञ्जाबमा किसान मजदुर मोर्चाले विभिन्न माग राख्दै बिहीबार ‘रेल रोको’ आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा अमृतसर, गुरदासपुर, फिरोजपुर, मोगा, संगरूर र सुनामसहित ६ जिल्लामा किसानले रेलवे ट्र्याकमा धर्ना दिएका छन् ।
मोगाको महेश्वरी सन्धुआ गाउँमा किसानले रेलवे ट्र्याक अवरुद्ध गर्ने घोषणा गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । किसानलाई ट्र्याकसम्म पुग्न रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्कीसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोर्चाका नेता सरवण सिंह पन्धेरका अनुसार करिब एक महिनाअघि मुख्यमन्त्रीलाई पत्र पठाएर किसानका मागबारे जानकारी गराइएको थियो । अगस्ट ३१ मा विभिन्न जिल्ला प्रशासन कार्यालयबाहिर पनि प्रदर्शन गरिएको थियो । तर सरकारले किसानसँग वार्ता नगरेपछि रेल रोको आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
किसानहरूको प्रमुख मागमा भारत–अमेरिका व्यापार सम्झौता, विद्युत् संशोधन ऐन र बीउ संशोधन ऐनबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने विषय छन् । यसैगरी शम्भु–खनौरी किसान आन्दोलनका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले राखेका छन् ।
किसान नेताहरूका अनुसार उक्त आन्दोलनका क्रममा करिब ३ करोड ७७ लाख भारतीय रुपैयाँको क्षति भएको थियो भने सयौँ किसान घाइते भएका थिए । मुंग, मकै र आलुसहित पाँच बालीका लागि न्यूनतम समर्थन मूल्यको कानुनी ग्यारेन्टी पनि उनीहरूको प्रमुख मागमध्ये एक हो ।
यसैबीच सुनाममा भारतीय किसान युनियन एकता आजादले पनि आन्दोलनलाई थप तीव्र बनाएको छ । मन्त्रीको निवासबाहिर तीन दिनसम्म धर्ना दिएपछि आन्दोलनको चौथो दिन बिहीबार किसानले जाखल–लुधियाना रेलवे ट्र्याकमा धर्ना दिएका हुन् ।
युनियनका प्रान्तीय अध्यक्ष जसविन्दर सिंह लोंगोवालले सरकार किसानका मागप्रति उदासीन रहेको आरोप लगाए । उनका अनुसार शान्तिपूर्ण प्रदर्शनबाट माग सम्बोधन नभएपछि आन्दोलन थप तीव्र पार्न बाध्य भएको हो ।
रेलवे ट्र्याकमा धर्नाका कारण रेल सेवामा असर पर्न सक्ने भएपछि रेलवे प्रशासन र स्थानीय प्रहरीले अवस्थाको निगरानी गरिरहेका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















