मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

कडा रोग उपचार बापत मासिक पाँच हजार भत्ता हिमालीमा

उमेश रोकाया
२०८३ भदौ ३१ | मध्यान्ह ०२:०५ बजे

बाजुरा, भदौ ३१ । बाजुरा जिल्ला हिमाली गाउँपालिकामा औषधि उपचार बापतको कडा रोग मासिक पाँच हजार भत्ता दिइने भएको छ । नेपाल सरकार (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) को “मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सररोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८”अनुसार हिमाली गाउँपालिका भित्र स्थायी बसोबास गर्ने लक्षित बिरामीहरूलाई मासिक रु. ५,०००/- (पाँच हजार) कादरले त्रैमासिक रूपमा औषधि उपचार खर्च उपलब्ध गराइने भएको छ ।

योग्य नागरिकहरूले सम्बन्धित वडा कार्यालय मार्फत हिमाली गाउँपालिका स्वास्थ्य शाखामा निवेदन पेश गर्नुहुन योसूचना प्रकाशित गरिएको छ ।१. लक्षित समूह मृगौला प्रत्यारोपण गराएका बिरामी, डायलाइसिस गराइरहेका बिरामी।क्यान्सर रोग भई उपचार गराइरहेका वा निगरानीमा (Follow-up ३/३/ महिनामा) रहेका बिरामी, मेरुदण्ड पक्षाघात (Spinal Paralysis) भएका कागज प्रक्रिया पुरा भएका व्यक्तिहरूलाई मात्र सेवा प्रदान गरिने भएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताउनुभयो ।

पेश गर्नुपर्ने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले प्रमाणित गरेको सक्कल सिफारिस/प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र / नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अपाङ्गता परिचयपत्र (मेरुदण्ड पक्षाघातका हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि, विपन्नता / गरिबी परिचय पत्रप्रमाण/सिफारिस/सम्बन्धित वडा कार्यालयको सिफारिस स्थानीय तहबाट प्राप्त विपन्न रहेको बैंक खाता विवरण लाभग्राहीको नाममा रहेको बैंक खाता नम्बर र बैंकको नाम

नेपाल सरकार वा अन्य संस्था/विदेशबाट सरकारी रोजगारी, पेन्सन वा निवृत्तिभरण पाइरहेका व्यक्तिले यो सुविधा पाउने छैनन्। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग भत्ता आदि अन्य कुनै पनि सामाजिक सुरक्षा भत्ता लिइरहेका व्यक्तिले दुवै मध्ये कुनै एक मात्र छनोट गर्नुपर्नेछ । नक्कली कागजात पेश गरी रकम लिएको पाइएमा कानुन बमोजिम कारबाही भई रकम असुलउपर गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

कमेन्टहरु